इटहरी स्थित नेकपा प्रदेश कार्यालयमा नेकपाकै कार्यकर्ताले लगाए ताला

इटहरी, ३१ भदौ । इटहरी स्थित नेकपाको प्रदेश कार्यालयमा आफ्नै स्थानिय नेताले ताला लगाएका छन् । नगर कमिटी गठनलाई लिएर नेकपाका स्थानिय नेता कार्यकर्ताबीच विवा भएको थियो । असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेका छन् । मंगलबार नेकपा युवा नेताहरुले पार्टी कार्यालयमै तालाबन्दी गरिदिएका छन् ।

नगर कमिटि गठनको विषयलाई लिएर लामो समय देखि इटहरीमा विवाद उत्पन्न हुँदै आएको थियो । विवादकै बीच झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालयमा पनि तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन। नेकपाकै एक समुहले पार्टीको विधान मिचेर नगर कमिटि बनाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले गठन गरिएको नगर कमिटि पुनर्गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।

लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर कमिटी सचिव बनाएको भन्दै नेकपाको एउटा समूह असन्तुष्ट बनेको छ । दंगाललाई नेकपा नेता भीम आचार्यको निर्देशनमा नगर सचिवको आरोप उक्त समूहको छ। असन्तुष्टहरुले लामो समय पार्टीमा योगदान गरेका स्थानिय ब्यक्तिलाई प्राथमिकता दिनुपर्ने अडान राखेका छन् । त्यसरी अडान राख्नेमा पूर्वएमाले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र गौतम लगायत छन् ।