टिकटक भिडियो बनाउँदै गर्दा यस्तो कैद भएपछि बन्यो विश्वभर भाइरल, उक्त दृश्य हेर्दा सबै परे चकित (भिडियोसहित)

एजेन्सी– पछिल्लो समय मानिसहरुमा टिकटकको लोकप्रियता बढी नै छ । छोटो भिडियो लिप–सिङ्क सेयरिङ्ग एप टिकटकमा भिडियो अपलोड गर्नेहरुको संख्या पनि उत्तिकै छ । विभिन्न किसिमबाट बनाइएका टिकटक भिडियो तीव्र रुपमा सामाजिक सञ्जालमा भाइरल भइहाल्छन् । यस्तै एउटा भिडियो अहिले भाइरल भएको छ । उक्त टिकटक भिडियोमा एक युवतीले नृत्यु गरिरहेकी हुन्छिन् । उनको नृत्यका कारण उक्त टिकटक भिडियोले चर्चा पाएको हल्ला थियो ।

तर उक्त टिकटक भिडियोले चर्चा भएको नभइ भिडियोमा देखिएको एउटा दृश्यले सबैको ध्यान तान्नुका साथै चकित पारेको छ । भान्सा कोठामा ती युवतीले नाचेको भिडियो बनाउँदै गर्दा उनको पछाडि रहेको सिसामा एक छायाको दृश्य देखिन्छ । उक्त दृश्यलाई भूत भएको बताइएको छ । भिडियोमा देखिएको उक्त छायाको दृश्यका कारण ती युवती पनि त्रसित देखिन्छिन् ।

भिडियो अपलोड गर्दै ती युवतीले लेखेकी छन्, ‘यो भिडियोमा म एक्लै छैन । मरो साथमा यहाँ अरु कोही पनि छन् । तर, मलाई थाहा छैन, को छ भनेर ।’यो भिडियोलाई ७० लाखभन्दा बढीले हेरेका छन् ।

भारतमा टिकटक: हराएका पतिसँग तीन वर्षपछि पुनर्मिलन

भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेपछि उनीहरूको पुनर्मिलन भएको छ।प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग सबैभन्दा पहिले फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो।प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ। प्रहरीले ती पुरुष सुरेशलाई दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा फेला परेका थिए। जुन ठाउँ उनकी पत्नी बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा पर्छ।

प्रहरीले भने, “हामीले उक्त जिल्लामा तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि फोटोमा देखिएको ती तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पायौँ।” पत्नीले त्यसअघि पति हराएको निवेदन दर्ता गरेकी थिइन् तर त्यसबेला उनलाई पत्ता लगाउन सकेको थिएन। प्रयोगकर्ताले भिडिओहरू तयार गरेर अपलोड गर्न मिल्ने टिकटक एप भारतमा निकै प्रचलित छ। भारतमा त्यसका १२ करोड प्रयोगकर्ता छन्।

तर नराम्रा विषयहरूको प्रचारमा सहयोगी हुने भन्दै त्यसको कतिपयले आलोचना पनि गर्छन्। अश्लील सामग्री फैलाउन प्रयोग भइरहेको भन्ने चिन्तालाई लिएर तमिलनाडुस्थित एउटा अदालतले एप्रिल महिनामा गुगल एप स्टोरबाट टिकटक हटाउन आदेश दिएको थियो। तर एक हप्तापछि उक्त प्रतिबन्ध हटाइएको थियो।