नातिनी जस्ती युवतीसंग बिहे गरेका हजुरबुवा भन्छन् : ‘एकअर्का बिना बाच्न सक्दैनौँ’ (भिडियो)

काठमाडौ। पत्याउन गाह्रो पर्न सक्छ तपाईलाई कुनै बर्षिया महिलाले आफुभन्दा ४७ बर्ष जेठा ६८ बर्षका वृद्धसंग बिबाह गरेको सुन्दा तर यो बास्तबिकता रहेको छ । इलामका ६८ बर्षका एक वृद्धले आफुभन्दा ४७ बर्ष कान्छी माइधारकि पुजालाइ आफ्नी दुलही बनाएर ल्याएका छन । अहिले सामाजिक सन्जालमा चौतर्फी चर्चामा आएको यो जोडी बास्तबमै अचम्मको रहेको छ ।

सुपर अनलाइन टिभीको टिम इलामसम्म पुगेर यसको बास्तबिकता बुझ्ने कोसिस गरेको छ । वृद्ध बुबा झन कडा रहेछन उनले अहिले ल्याएकी मात्र २१ बर्षकि श्रीमती उनकी पाचौं श्रीमती रहेकी वृद्धले जानकारी दिए । दुई श्रीमतीको निधन अनि दुई श्रीमतीले छाडेर गएपछी आफुले पाँचौ श्रीमती ल्याएको बताउने वृद्धले जोसिदै कान्छी श्रीमतीलाई काखैमा राखेर माया गरेर सबैलाई चकित बनाए ।

आफ्नो छोराले बिबाह गर्न नमानेपछी घर ब्यबहार र साना नाति नातिनाको स्याहार गर्न कान्छी श्रीमती ल्याएको बताए । पहिलो भेटमै मन परापर भएपछी उनिहरुको केही समय फोन गरागर र माया प्रेम झागिएको थियो अन्ततः बिबाह नै गरेर पहिलो डेटिङ नै गए । सुपर अनलाइन टिभीको टिम उनिहरुको घरमा पुग्दा घरमा जोडि नभएपछी पर एकान्तमा बासघारीमा गएको बताएपछी त्यही पुगेको समीर सुवेदी सहित सुपर अनलाइन टिभी टिमले एकान्त जङ्गलमै केही कुरा गरेको छ ।