पुर्व राजा बिरेन्द्रसंग संगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले तिरिदिएका थिए, भावुक बने

पूर्व राजपरिवारको दुखद अन्त्य भएको धेरै वर्ष भइसक्यो । तर त्यो घटनाको वास्तविकमा अहिले सम्म वाहिर आएको छैन । घटनाका बारेमा विभिन्न अड्कलवाजी गरिएका छन् । कहिले काँही राजपरिवारसंग जोडिएका विभिन्न पात्रका बारेमा चर्चा हुने गरेको छ । पछिल्लो समय राजपरिवारसंग नजिक भएकाहरुले अभिब्यक्त गरेका भनाईहरुले तरंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग नजिक भएका एक ९० वर्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्याएका छन् ।

धादिगंको सांकोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए । पञ्चायती ब्यवस्था ढलेपछि उनी अहिले राजनीतिमा भने निस्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शिकारमा निकै रुचि लाग्ने बताए । भैरव दल गणमा सरुवा भएर धादिगंमा पुगेपछि पनि तत्कालिन राजा विरेन्द्रले बेलायतको रानी नेपाल आउँदा फेरी राजदरवार बोलाए । उनी गीत गाउन पनि उत्तिैकै रुचि राख्छन् । उनी तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबैसंग नजिक रहेर काम गरेको बताए । उनलाई लागेको ४० हजार रुपैया ऋण पनि तत्कालिन राजा विरेन्द्रले तिरिदिएको उनले बताए ।

तत्कालिन राजा विरेन्द्रसंग उनी रातिको शिकार खेल्न संगै गएको बताए । तत्कालिन युवराज विरेन्द्र र ज्ञानेन्द्रलाई काँधमा राखेर जंगल जंगल शिकार खेल्न हिँडेको उनले बताए । विरेन्द्रले युवराज हुँदानै १२ हातको बाघको शिकार गरेको त्यतीबेलाको स्मरण सुनाए । विरेन्द्रको तारिफ गर्दै उनले भने विरेन्द्र हाँसेर विश्वलाई खुसी पार्ने ब्यक्ति हुन् । उनले राजदरवारको घटना हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै हात नभएको बताए । उनले घटना हुनासाथ दरवारमा रहेका तत्कालिन हजुरीयालाई फोन गरेको बताए । उनलाई अहिले संग्रहालय जान मन लाग्दैन । त्यती बेलाको स्मरणले मन रुवाउँछ ।