प्रधानमन्त्री ओलीले भारतका प्रम मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई तीन वटा भाषामा जन्मदिनको शुभकामना दिएका छन् । आज मोदीको ६९ औं जन्मदिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना दिएका हुन् ।

शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् । मोदीको जन्मदिनमा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् ।