Month: July 2019

कंगनाले खोलिन् सिनेमा माफियाको पोल, भनिन्-भाइ-भतीजावादले बर्बाद बलिउड

कंगनाले खोलिन् सिनेमा माफियाको पोल, भनिन्-भाइ-भतीजावादले बर्बाद बलिउड

मनोरञ्जन
आफ्ना निर्भिक अभिव्यक्तिका लागि परिचित बलिउड अभिनेत्रीले 'भाइ-भजिजावाद'ले बलिउड बर्बाद भएको बताएकी छन्। भारतीय टेलिभिजन च्यानल 'जी न्यूज'लाई दिएको अन्तरवार्तामा उनले यस्तो बताएकी हुन् ।रिलिजको क्रममा रहेको 'जजमेन्टल है क्या'को गीत सार्वजनिक समारोहमा पत्रकारसँग झगडा परेपछि भएको माफीको माग गरिएकी कंगनाले सो प्रकरणमा माफी नमाग्ने बताउँदै आएको परिपेक्षमा बलिउडका बारेमा यस्तो अभिव्यक्ति दिएकी हुन्। सो विवादमा माफी नमाग्ने कंगनाको भनाइपछि मिडियाले उनलाई बहिष्कार गर्ने बताएका थिए जसको जवाफमा कंगनाले एक भिडियो मार्फत 'कृपया मलाई ब्यान्ड गरिदिनुस्' भनेर जवाफ फर्काइन्।सो घटनापछि पहिलो पटक मिडियामा आएकी कंगनाले आफूलाई पत्रकारसँग भन्दा पनि बिकाउ पत्रकारसँग समस्या रहेको बताइन।  उनले त्यस्ता पत्रकार आफ्नो नाम खराब गर्ने लागिपर्ने गरेको आरोप लगाइन। यसैगरी उनले केहि पत्रकारहरूले एक वर्गका स्टारहरूको खुब