Month: September 2019

जापानका लागि अनलाइन आवेदन खुल्यो, निश्चित कामदार मात्र जान पाउने

जापानका लागि अनलाइन आवेदन खुल्यो, निश्चित कामदार मात्र जान पाउने

समाचार
जापानमा रोजगारीका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुलेको छ। जापान जान चाहने इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन पाउनेछन्। अनलाइन आवेदन असोज १६ गतेसम्म खुल्ला रहने छ । इच्छुक सबैले आवेदन दिन पाए पनि जापानिज रोजगारीका लागि एक हजार जनाले मात्रै भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । आवेदन दिएका मध्येबाट सफ्टवेयरको सहायताले लक्की ड्रमार्फत आवेदक छानिने भएको हो । जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि नेपाली कामदार लैजाने भएको छ । भाषा परीक्षामा उत्तीर्ण भएका मात्रै केयर गिभरका लागि जापान जान पाउनेछन्। भाषा परीक्षाका लागि जापानले असोज २२ गते नतिजा प्रकाशन गर्नेछ। लक्की ड्रमार्फत छानिएकाले असोज २४ गते दुई हजार पाँच सय रुपैयाँ तिरेपछि मात्रै भौचर पाउने व्यवस्था रहेको छ । जापानले युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट कम्प्युटरमा आधारित भाषा र सीप परीक्षा सञ्चालनको
बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा हुने

बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा हुने

समाचार
सरकारले बडादशैँको पहिलो दिन (घटस्थापना) यही असोज १२ गते सार्वजनिक बिदा दिने भएको छ । गण्डकी प्रदेश सरकारले असोज ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा सो दिन प्रदेशस्थित सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक निकायमा बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो । प्रदेश सरकारले वर्षमा छ दिन बिदा दिनसक्ने व्यवस्थाअनुसार विभिन्न पक्षको मागअनुसार बिदाको निर्णय गरिएको उहाँको भनाइ छ । मन्त्रिपरिषद् बैठकले बाल सुधार गृह, हिरासत र थुनुवा कक्ष तथा कारागार निरीक्षण निर्देशिका स्वीकृत गर्ने, ‘दिगो विकास लक्ष्य ः गण्डकी प्रदेशको आधार रेखा’ प्रतिवेदन स्वीकृत गर्ने, गोरखाको अजिरकोट गाउँपालिकाको कार्यालय भवन निर्माणलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राखेर काफलडाँडा मान्द्रे वन उपभोक्ता समितिको
उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

समाचार
उडुस बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् उडुस भगाउने घरेलु विधिहरु : पुदिना रस : उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि पुदिनाक
खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

पत्रपत्रिकाबाट, राजनीति, समाचार
असोज, काठमाडौं । नेपालको राष्ट्रिय दिवस अर्थात ‘नेशनल डे’ अब असोज ३ गते कायम भएको सरकारका प्रवक्ताले बताएका छन् । संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । के नेपालको राष्ट्रिय दिवस अब असोज ३ गते नै कायम भएको हो ? सरकारले किन उर्दी जारी गरेर संविधान दिवस मनाउन आग्रह गरेको ? हामीले यी प्रश्न सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई सोध्यौं । सरकारले संविधान दिवस मनाउन पञ्चायती शैलीमा उर्दी जारी गरेको आरोप लागेको छ, दबाव दिएर ‘राष्ट्रिय दिवस’ मनाउन लगाउने पनि हुन्छ र ? नियतमै खोट भएकाहरुको प्रत्येक आरोपको जवाफ हुँदैन । सरकारले उर्दी जारी गर्‍याे भनेर बोल्ने र लेख्नेहरु त्यसो भए यो संविधान मान्दैनन् त ? म संविधानको विपक्षम
कस्तो अचम्मै भो! मृ’त्यु घोषित युवा गा’ड्न लाग्दा ब्युँतिएपछि…

कस्तो अचम्मै भो! मृ’त्यु घोषित युवा गा’ड्न लाग्दा ब्युँतिएपछि…

एजेन्सी । भारतको लखनऊमा एक युवालाई चि'हानमा गाड्ने तयारी पूरा हुँदै गर्दा अचम्मको घटना घटेको छ । २० बर्ष का मोहम्मद फुरकानलाई चिहानमा गा'ड्न लाग्दा आफ्नो घरका केही सदस्यले अचानक उसमा केही हरकत देख्दा चि'हानमा गाड्ने प्रकृया रोक्न लगाई उनलाई तुरुन्त अस्पताल लगिएको थियो। जसमा उनलाई डाक्टरले जीवित रहेको बताएका छन् । फुरकान २१ जूनमा एक दु'र्घटनामा घाइते भएर निजी अस्पतालमा भर्ना भएका थिए । उनलाई उक्त अस्पतालमा मृ'त घोषणा गरिएको थियो । उनको शरीरलाई एम्बुलेन्समा राखेर घर पठाइएको थियो । ठूलो भाई मोहम्मद इरफान यो घटनालाई लिएर अचम्मित बनेका छन्, उनलाई आफ्नो भाइ फर्कि आएको विश्वास नै लागेको छैन । फुरकानको उपचार को लागि निजी अस्पतालमा ७ लाख खर्च भैसकेको र उनको परिवारले आफुहरुसँग पैसा सकिएको अस्पताललाई बताएसँगै अस्पतालले उनलाई मृ'त घोषणा गरेको मोहम्मद इरफानले बताएका छन् । लखनउका मुख्य चिकित्सा अधिकार
एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अझै सस्तो दरमा डाटा, भ्वाइस र एसएमएस सेवा!

एनसेलले ल्यायो आकर्षक ‘मेरो प्लान’ अझै सस्तो दरमा डाटा, भ्वाइस र एसएमएस सेवा!

सूचना/प्रबिधि
एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजालिन सक्नेछन् । एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्र्तत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् । यही बुधबार (असोज १) देखि लागू हुने यो योजनाअन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँचवटा प्लानहरू छन् । यी प्लानहरूअन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यस बाहेक, यी प्लानहरूअन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विशेषता भनेको प्रत्येक प्लानमा बन्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरूका लागि विशेष रूपमा
नेपाल टेलिकमकाे डाटा रोमिङ सेवा थप १३ देशहरुमा पनि

नेपाल टेलिकमकाे डाटा रोमिङ सेवा थप १३ देशहरुमा पनि

सूचना/प्रबिधि
काठमाण्डौँ । नेपाल टेलिकमले थप १३ मुलुकहरुमा डाटा रोमिङ सेवा विस्तार गरेको छ । गएकाे भदाै २० गतेदेखि छिमेकी मुलुक भारतबाट फेरि सञ्चालनमा आएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ देशहरुमा पनि विस्तार गरिएको हाे । संविधान दिवसको अवसरमा शुक्रबारदेखि यी देशहरुमा डाटा रोमिङ सेवा उपलब्ध गराइने कम्पनीले जनाएकाे छ । याेजना अनुसार अबदेखि नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल सेवाका ग्राहकहरु चीन, अष्ट्रेलिया, अमेरिका, क्यानडा, यूएई, कतार, बेलायत, स्विजरल्याण्ड, मलेसिया, सिंगापुर, जापान, कोरिया र थाइल्यान्ड जाँदा भ्वाइस, एसएमएस बाहेक डाटा रोमिङ सेवा पनि चलाउन सक्नेछन् । साथै कम्पनीका प्रिपेड मोबाइल सेवाका ग्राहकहरुले समेत अब भारत र चीन जादा यी सुविधा (भ्वाइस, एसएमएस र डाटा रोमिङ सेवा) उपभोग गर्न सक्नेछन् । अहिले अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका मोबाइल ग्राहकहरुलाई यो सेवा स
सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

सिसिटिभी फुटेजका दृश्य स्पष्ट देखिने प्रविधि भित्रिँदै

सूचना/प्रबिधि
सञ्चिता घिमिरे/काठमाडौँ । घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ । यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ । नेपालमा छिट्टै सिसिटिभी फुटेजमा टाढाका वस्तुसमेत प्रस्ट देखिने प्रविधि भित्रिँदैछ । नेपाल विधि विज्ञान प्रयोगशालाले चालू आवभित्रै यो प्रविधि भित्र्याउने तयारी गरेको छ । प्रयोगशालामा नियमित रुपमा सिसिटिभी फुटेजसँग सम्बन्धित समस्या आउन थालेको प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले बताए । उनले भने, ‘चालू आवभित्रै सञ्चालनमा ल्याउने योज
एउटा गीतले दिलाएको लोभलाग्दो सफलता, जस्ले चुजी बनाउन सिकायो!

एउटा गीतले दिलाएको लोभलाग्दो सफलता, जस्ले चुजी बनाउन सिकायो!

मनोरञ्जन, स्वास्थ्य/जीवनशैली
अञ्जली अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौं: स्कुल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प
दर्जीको ह’त्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’

दर्जीको ह’त्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको ह त्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति म दिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कु टपिट गर्दा मोतिप्रसाद दर्जीको मृ त्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको मृ त्युपछि दुई छोरा,तीन छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयवासी विष्णु पुनले जानकारी दिइन । पुनले दिएको जानकारी अनुसार कलिला पाँचजना छोराछोरी बुबाको मृ त्युपछि भक्कानियर रुने गरेका छन्, भने मृ तक दर्जीकी श्रीमती सन्तकुमारी दर्जीको आँखा पनि अझै ओभाएका छैनन् । घरको पिँढीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ । दर्जीलाई भेट्न तथा समावेदना प्रकट गर्न आउनेहरूलाई देखेर उनका आँखा झनै रसाउँछन् । दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीम