अन्तरजातीय विवाह गरेको भन्दै एक युवकलाई जि’उँदै ज’लाइयो, पिडा सहन नसकेर आमाको पनि निधन

एजेन्सी । अन्तरजातीय विवाह गरेको भन्दै एक युवकलाई जि’उँदै ज’लाइएको छ । घटना नेपालको भने होइन । भारत उत्तरप्रदेशको हरदोइ भन्ने स्थानमा यस्तो घटना भएको हो । आफ्नो छोरालाई जि’उँदै ज’लाएपछि उनकी आमाको पनि निधन भएको छ । छोराको निधनको पीडा सहन नसकेर आमाको पनि निधन भएको हो । प्रहरीको आधारमा यो घटना शनिबार हरदोई जिल्लाको भदेसामा भएको हो।

एसपी आलोक प्रियदर्शीका अनुसार यसरी मारिनेमा अभिषेक उर्फ मोन हुन् । उनलाई नियन्त्रणमा लिएर कु’टिएपछि एउटा घरमा बन्धक बनाएर ज’लाइएको परिवारका सदस्य जनाएका छन् । एसपी आलोकले युवक कराएको सुनेर घटनास्थलमा पुगेका स्थानीयले युवकलाई स्थानीय हस्पिटल लिएर गए। त्यहाँबाट उनलाई लखनऊ रिफर गरियो। तर हस्पिटल नपुगी बाटैमा उनको निधन भयो।

उनको निधनको खबर सुनेर उनकी आमाको पनि निधन भएको परिवारका एक सदस्यले बताएका छन् । एसपीका अनुसार स्थानीयले मोनूको एक केटीसँग प्रेम सम्बन्ध भएको र ऊ प्रमिकालाई भेट्न गएको बताएका थिए।