विप्लव समूहले गर्‍यो आछाम नपा कार्यालयमा यस्तो वि’स्फोट

अछाम । नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा ब’म वि’स्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर ब’म वि’स्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। वि’स्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करीब १०० मिटर टाढाबाट ब’म वि’स्फोट गराइएको पाइएको छ । प्रहरीले वि’स्फोट गराउने समूहको खोजी गरिरहेको छ ।

नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गो’ली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै ब’म वि’स्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।

यो पनि हेर्नुहाेसः सरकारी जग्गा झन्डै व्यक्तिको नाममा गएको

काठमाडौं । उच्च अदालतले जिल्ला अदालतको निर्णय बदर गरेपछि भक्तपुरको १७ रोपनी जग्गा व्यक्तिको हुनबाट रोकिएको छ । मध्यपुर थिमी नगरपालिका–१६ दिव्येश्वरीस्थित हनुमन्ते खोलाको १७ रोपनी एक आना दुई पैसा एक नाम जग्गा २०७५ पुस १६ मै जिल्ला अदालत भक्तपुरले इमाडोलका ज्ञानबहादुर थापाका नाममा हुनेगरी विवादास्पद निर्णय गरेको थियो ।

जिल्ला अदालतको फैसला न्यायोचित नभएको भन्दै जिल्ला मालपोत कार्यालय भक्तपुरले सरकारका तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन गरी पाऊँ भनी मुद्दा दायर गरेको थियो । मुद्दामा फैसला गर्दै उच्च अदालत पाटनले उक्त जग्गा सरकारी नै हुने ठरह गरेको छ ।

सरकारी जग्गालाई आफ्नो नाममा दर्ता गर्ने प्रपञ्च रच्दै थापाले २०७३ बैशाख ९ गते जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । उनले हनुमन्ते क्षेत्रको जग्गा आफ्नो भएको दाबी गरेका थिए । यो समाचार अजाको नागरिक दैनिकमा प्रकाशित छ ।