लकडाउन उल्लंघन गरेको भन्दै, औषधी किनेर घर फर्किदै गरेका २ युवालाई निघात कुटपिट, भाटा फुट्ने गरी दुई युवाको धुलाई (भिडियो सहित्)

लकडाउन उल्लंघन गरेकाले दुई युवालाई सशस्त्र प्रहरीले भाटा फुट्ने गरी लाठी हनेको। भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भै रहेको छ । उक्त भिडियोमा धेरै दर्शकहरु आफ्नो आफ्नो टिक्का टिप्पठी राख्दै कमेन्ट तथा सेयरहरु गरीराखेका छन् ।

उक्त भिडियोलाई दिपक बोहोराले आफ्नो सामाजिक संजाल मार्फत सर्बजनिक गरेका छन् । भिडियोको क्याप्सनमा दिपकले लेखेका छन् “सचेत गराउन एक, दुई लाठी काफी छ । लठ्ठी भाचिने गरि ठटाउन पाईदैन भाई । बाहिर निस्किनु किसानहरुको बाध्यता हाे रहर हाेईन । यस्ता प्रहरीलाई कारवाही गरेर Media लाई जानकारी गराउनु सशस्त्र प्रहरी। हाेइन भने टुडिखेलमा राखेर के गर्नुपर्छ हामीलाई पनि थाहा छ । ”

उनको उक्त पोस्टमा कमला उप्रेती कमेन्ट गर्दै भन्छिन् “कस्तो मानवता हराएको राक्षस पुलिस रैछ।यिनिहरुलाइ सरकारले भाटा हान्नको लागि सुवर्ण अवसर दिए झै पो गरेछन त बाध्यात्मक समस्या र परिस्थिति बुझेर चेतावनी त दिन पर्छ तर यसरी भकुर्न त हुन्न नि”

त्यस्तै हेम गिरी भन्छन् “पिट्नु नै पर्छ भन्ने के छ यार ? तपाई किन एक दुई लाठीको कुरा गर्नु हुन्छ दाजु ? पिट्नु नै हुन्न भनेर भन्नुहोस् !”

त्यस्तै लक्षीमीप्रसाद काफ्ले लेख्छन् ” कानुन लाई हात लिने प्रयास कहि कतै बाट नहोस् ।यश भिडियो मा प्रहरी को ज्यादती धेरै देखियो उक्त प्रहरी लाई कारबाही को माग गर्दछु सरकार । ”

दीपक बोहोराले पु:न सामाजिक संजालमा अर्को पोस्ट राख्दै भनेका छन्, “नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीरका बिसयमा छानबिन सुरु गरेको छ ।

तर सशस्त्र प्रहरी औषधी किनेर घर फर्किदै गरेका २ युवालाई निघात कुटपिट गरिएको घटना दबाउन खोज्दै छ । मर्नेगरि कुटेकाे भिडियो धेरैले हेरिसके, सशस्त्र प्रहरीले कसरी दबाउने रहेछ हामी पनि हेराैला । तपाईं भिडियो हेर्नु भएको छैन भने मेराे अघिल्लो पाेस्ट हेर्नु हाेला ।”

भिडियो भाईरल भए पछि यस्तै टिक्का तिप्पढीहरुले यतिबेला सामाजिक संजाल भरीएको छ ।

भिडियो हेर्नुहोस्: