सुनसरीमा लकडाउनमा ८ जनाले गरे आत्महत्या,१२ जनाले गरे प्रयास

इटहरी । कोरोना भाईसरको सन्त्रासले अहिले सम्पूर्ण विश्व त्रसित छ । तर सुनसरीमा भने दर्दनाक घट्ना दैनिक हुन थालेको छ । दैनिक जसो आत्महत्या र आत्महत्याको प्रयासको घट्ना दर्दनाक बन्दै गएको छ ।

गत ११ गते हरिनगरा गाउपालिका ४ का २१ बर्षिय सदानन्द मेहेताले आफ्नै तनाबले नाईटोजन नामक विषादी खाए । जिल्ला अस्पताल इनरुवाले उनको ज्यान बचाइयो । पछिल्लो समयमा सुनसरी जिल्लामा विविध कारणले आत्महत्याको प्रयास गर्नेहरूको दर दैनिक बढ्दो छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको पछिल्लो दुई हप्ताको विवरण अनुसार ८ जनाले आत्महत्या गरेका छन भने १२ जनाले आत्महत्याको प्रयास गरेका छन । एकै दिन ३ जना सम्मले आत्महत्या प्रयास गरेको देखिन्छ ।

गत १२ गते इनरुवा नगरपालिका वडानम्बर ९ बस्ने लोचन मण्डलको श्रीमती रिङकिदेवि मण्डलले घरसायी विवादमा जुम्रा मार्ने औषधी सेवन गरीन । विराटनगर टिचिङ अस्पतालमा उपचार पछि घर फर्किन । १३ गते धरान धरान विजयपुरका २६ बर्षिय मनोज अधिकारीले रुखमा झुण्डिएर आत्महत्या गरे । सोही दिन सुनसरीकै कोशी गाउपालिका १ बस्ने १६ बर्षिय विशाल मण्डलले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरे । तर उपचार छिटै भएका कारण उनी मृत्यु हुन बाट जोगिए ।

गत १४ गते इनरुवा नगरपालिका फुलबारी टोलकी २२ बर्षिय रुवि यादवले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरिन । इनरुवा अस्पतालमा उपचार पछि घर फर्केकी छिन । १६ गते दुहवी नगरपालिका ४ की रेश्मा खातुनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन । १६ गते नै इनरुवा १० जाल्पापुरकी सिता पोदारले विषादी सेवन गरेकी थिईन । उनको आईसियुमा उपचार हुदै छ ।

१७ गते इनरुवा ६ मधेषाकी ७२ बर्षिय लोकेश्वरी दाहालले आफ्नै सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरिन । त्यसको भोली पल्ट १८ गते इनरुवा ८ का रमेश कुमार मण्डलले आफ्नै तनाबले विषादी खाए । उपचार पछि उनी अहिले घरमै छन । १९ गते इटहरी २ का २६ बर्षिय विशाल चौधरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । सोही दिन इटहरी ५ का सुर्यकुमार राईले विषादी सेवन गरेर आत्महत्या गरे । एकै दिन इटहरीमा २ जनाले आत्महत्या गरे ।

२० गते धरान ५ का ईस बहादुर तामाङले नाम नखुल्लने औषधी खाएर आत्महत्याको प्रयास गरे । उनको स्वास्थ्यमा सुधार हुदै छ । २१ गते इनरुवाकी १७ बर्षि साहरुन खातुनले आफु सुत्ने कोठमा झुण्डिएर आत्महत्या गरिन । सोही दिनक हरिनगरा गाउपालिका ३ गौतमपुरका रामलखन शाहको छोराले औषधी सेवन गरे उनको स्वास्थ्यमा सुधार आयो । सोही दिन देवानगञ्ज २३ बर्षि सरस्वती देवि मेहेताले विषादी सेवन गरेर आत्महत्याको प्रयास गरिन । तर अहिले उनी ज्युउदै छिन ।

२३ गते इनरुवा मधेषाका ७५ बर्षिय रामकुमार अधिकारीले आफ्नै गोठमा झुण्डिएर आत्महत्या गरे । सोही दिन कोशी गाउपालिका जमनकुमार यादवले विषादी सेवन गरे । तर समयमै उपचार पाएरउनी बाँचे । २४ गते कोशी गाउपालिका १८ बर्षिय मनिता यादवले विषादी सेवन गरेर आत्महत्या प्रयास गरिन । तर उनी अहिले निको भएर घरमा छिन ।

२४ गते नै धरानकी मनकुमारी राई मादक पदार्थ सेवन गरेर मातिन । केहि बेरमै विषादी सेवन गरिन र आत्महत्या गरिन । २५ गते कोशी गाउपालिकाका १५ बर्षिय प्रविना खातुनले विषादी सेवन गरेर आत्महत्या प्रयास गरिन ।

सुनसरीमा दैनिक आत्महत्याको घट्ना र आत्महत्याको प्रयास बढिरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी विनोद शर्माले बताए । सुनसरीमा दैनिक जसो आत्महत्याको घट्ना र प्रयासले थप समस्या भएको बताए । अहिले सुनसरीको विभिन्न ठाउँमा आत्महत्याको घट्ना बढिरहेको सुनसरी प्रहरीको तथ्याकले देखाउँछ । यो आर्थिक बर्षको अहिले सम्म करिब २ सय जनाले आत्महत्या गरिसकेकोप्रहरी बताउँछ ।