१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली । कैलालीमा एक किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई हरीले पक्राउ गरेको छ। जिल्लाको गौरीगंगा नगरपालिका–१ की १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली गौरीगंगा नगरपालिका–४ बस्नेहरु २० वर्षीय नरेश नेपाली, २१ वर्षीय अर्जुन सावद, २० वर्षीय निर्मल चौधरी र २४ वर्षीय नरेश भट्ट रहेको प्रहरीले जनाएको छ। आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

मोटरसाइकलमा आएका नरेश समेतका ४ जनाले ती किशोरीसँगै आएका ३ जनालाई धारिलो हतियार देखाउँदै कुटपिट गरी उनलाई करिब १ सय मिटर पर लगेर जबरजस्ती करणी गरेको बलात्कृत किशोरीले बयान दिएकी छन् थिए। पक्राउ परेकाहरुको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार हँसिया र मोटरसाइकल समेत बरामद भएको ईलाका प्रहरी कार्यालय चौमलाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।