साधु स्वयम्भू बाबा स्वामीकोपनि हर्कत बाहिरियो, गुफाबाट निस्केकी युवतीले खुलाइन् रहस्य !

काठमाडौं । एक साधु बाबाको गुफाबाट निस्केकी युवतीले गम्भीर खुलासा गरेकी छिन् । स्वयम्भू बाबा स्वामी नित्यानन्दको आश्रममा नियन्त्रणमा राखिएका १५ वर्षीया पीडितले आश्रममा मानसिक दवाव भोग्नु परेको बताएकी छिन् ।

भनिन्छ कि तीन दिन पछि नित्यानन्दका दुई साथीलाई पक्राउ गरिए पछि तमिलनाडु पीडित परिवारले उनका विरुद्धमा प्रहरीमा उजुरी गरेको छ । पीडितले समाचार एजेन्सी एएनआईलाई भने, ’म २० / १ / २०१३ मा गुरुकुल आएको थिए, यस अघि हामीसँग मनोरन्जनका गतिविधिहरू थिए तर २०१७ देखि यहाँ भ्रष्टाचार सुरु भयो ।

हामीलाई प्रमोशनल गतिविधिहरू गर्न भनियो ताकि स्वामी जीले अधिकतम दान पाउन् । दान ५ लाख देखि १३ करोड सम्म लिने गरेका थिए ।’ पीडितले भने, ‘या त हामीले पैसा दान गर्नुपर्‍यो वा हामीले दानमा जग्गा पाउनु पर्छ ।’

पीडितले आश्रममा आधा रातमा उठाएर आफुहरुलाई स्वामीजीको लागि भिडियो बनाउन दबाब दिने गरेको कुरा पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘हामीलाई भिडियोको लागि भारी गहना लगाउन दिइन्थ्यो र अनुहारमा धेरै मेकअप पनि गरियो । मेरी जेठी बहिनी त्यहाँबाट बाहिर निस्कन सकेन, म साक्षी हुँ कि स्वामी जीको निर्देशन पछि मेरो बहिनीले भिडियो बनाइन् ।’

पीडितले थप्दै भने कि आश्रमका मानिसहरूले उनीहरुका अभिभावकको लागि अपमानजनक शब्द प्रयोग गरेर उनीहरुलाई दबाब दिने गरेका थिए । आश्रममा भएका मानिसहरुका अनुसार नगरेको खण्डमा उनीहरुले अनेक तरिकाले बल प्रयोग गर्ने गरेका थिए ।

पीडितले आश्रमको प्रशासनले पनि आध्यात्मिक प्रक्रियाको नाममा दुई महिना कोठामा बन्द गरेको आरोप लगाएका छन् । गुजरातका अहमदाबादमा आश्रम चलाउन बच्चाहरूलाई नियन्त्रण गर्ने र उनीहरूलाई गुफामा बन्द गरेको आरोपमा स्वयम्भु बाबा स्वामी नित्यानन्दको विरुद्ध एफआईआर दायर गरिएको छ ।

प्रहरीले जनाएको छ कि नित्यानन्दका दुई महिला अनुयायी साध्वी प्राण प्रियानन्द र प्रियत्त्व रिद्धि किरणलाई पनि पक्राउ गरिएको छ । दुबैलाई कम्तिमा चार बालबालिका नियन्त्रण गरेको र फ्लैटमा उनलाई बन्द गरेको आरोप लगाइएको छ ।

यी बच्चाहरूलाई आश्रमका लागि दान संकलनमा बाल मजदुरको रूपमा प्रयोग गरिन्थ्यो । अहिले नित्यानन्द भारतमा छैनन् । उनी अहिले आफ्नो फरक देश कैलाशा देशको बारेमा चर्चा गर्दै हिडेका छन् ।