भर्खरै

प्रधानमन्त्रीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरे

प्रधानमन्त्रीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयको भनाइ छ ।
इटहरी स्थित नेकपा प्रदेश कार्यालयमा नेकपाकै कार्यकर्ताले लगाए ताला

इटहरी स्थित नेकपा प्रदेश कार्यालयमा नेकपाकै कार्यकर्ताले लगाए ताला

भर्खरै, समाचार
इटहरी, ३१ भदौ । इटहरी स्थित नेकपाको प्रदेश कार्यालयमा आफ्नै स्थानिय नेताले ताला लगाएका छन् । नगर कमिटी गठनलाई लिएर नेकपाका स्थानिय नेता कार्यकर्ताबीच विवा भएको थियो । असन्तुष्ट समूहले मंगलबार इटहरीस्थित प्रदेश कार्यालय तालाबन्दी गरेका छन् । मंगलबार नेकपा युवा नेताहरुले पार्टी कार्यालयमै तालाबन्दी गरिदिएका छन् । नगर कमिटि गठनको विषयलाई लिएर लामो समय देखि इटहरीमा विवाद उत्पन्न हुँदै आएको थियो । विवादकै बीच झण्डै तीन साताअघि पनि सोही समूहले इटहरी नगर पार्टी कार्यालयमा पनि तालाबन्दी गरेको थियो। ताला लागेपछि विवाद समाधान गर्न पटकपटक छलफल भएपनि सहमति जुटेको छैन। नेकपाकै एक समुहले पार्टीको विधान मिचेर नगर कमिटि बनाइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले गठन गरिएको नगर कमिटि पुनर्गठन गर्नुपर्ने माग राख्दै आएका छन् । लामो समय खोटाङमा राजनीति गरेर केही वर्षअघि इटहरी आएका काशीनाथ दंगाललाई नगर क
पुर्व राजा बिरेन्द्रसंग संगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले तिरिदिएका थिए, भावुक बने

पुर्व राजा बिरेन्द्रसंग संगै हिड्ने ९० बर्षिय हजुरबुवा, ऋण राजा विरेन्द्रले तिरिदिएका थिए, भावुक बने

भर्खरै, समाचार
पूर्व राजपरिवारको दुखद अन्त्य भएको धेरै वर्ष भइसक्यो । तर त्यो घटनाको वास्तविकमा अहिले सम्म वाहिर आएको छैन । घटनाका बारेमा विभिन्न अड्कलवाजी गरिएका छन् । कहिले काँही राजपरिवारसंग जोडिएका विभिन्न पात्रका बारेमा चर्चा हुने गरेको छ । पछिल्लो समय राजपरिवारसंग नजिक भएकाहरुले अभिब्यक्त गरेका भनाईहरुले तरंग ल्याउने गरेका छन् । यसै बिचमा पूर्व राजपरिवारसंग नजिक भएका एक ९० वर्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्याएका छन् । धादिगंको सांकोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए । पञ्चायती ब्यवस्था ढलेपछि उनी अहिले राजनीतिमा भने निस्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शिकारमा निकै रुचि लाग्ने बताए । भैरव दल गणमा सरुवा भएर धादिगंमा पुगेपछि पनि तत्कालिन राजा विरेन्द्रले बेलायतको रानी नेपाल आउँदा फेरी राजदरवार बोलाए । उनी गीत गाउन पनि उत्तिैकै रुचि