
दर्जीको ह’त्यापछि परिवारको विचल्ली, ‘किरिया खर्च नै छैन्’
गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–२ रुम खबाङका मोतिप्रसाद दर्जीको ह त्या भएपछि उनका परिवार विचल्लीमा परेका छन् । गत भदौ १९ गते राति म दिरा सेवन गरेका तीनजना युवाले घरमा सुतिरहेको अवस्थामा घरमै आएर कु टपिट गर्दा मोतिप्रसाद दर्जीको मृ त्यु भएको थियो । अत्यन्त गरीब परिवारका दर्जीले आरा चिरेर परिवारको गुजारा चलाउने गर्दथे । दर्जीको मृ त्युपछि दुई छोरा,तीन छोरी र श्रीमतीको बिचल्ली भएको स्थानीयवासी विष्णु पुनले जानकारी दिइन ।
पुनले दिएको जानकारी अनुसार कलिला पाँचजना छोराछोरी बुबाको मृ त्युपछि भक्कानियर रुने गरेका छन्, भने मृ तक दर्जीकी श्रीमती सन्तकुमारी दर्जीको आँखा पनि अझै ओभाएका छैनन् ।
घरको पिँढीमा छोराछोरीसँगै बसेकी दर्जीको आँखामा टिलपिल आँसु भरिन्छ । दर्जीलाई भेट्न तथा समावेदना प्रकट गर्न आउनेहरूलाई देखेर उनका आँखा झनै रसाउँछन् । दुई छोरा र तीन छोरीको बीचमा बसेकी सन्तकुमारीलाई श्रीम