स्वास्थ्य/जीवनशैली

एउटा गीतले दिलाएको लोभलाग्दो सफलता, जस्ले चुजी बनाउन सिकायो!

एउटा गीतले दिलाएको लोभलाग्दो सफलता, जस्ले चुजी बनाउन सिकायो!

मनोरञ्जन, स्वास्थ्य/जीवनशैली
अञ्जली अधिकारी बर्दियाको मैनापोखरीमा रहेको स्कुलमा पढिरहेकी थिइन् । त्यो समय बर्दिया महोत्सव आयोजना भयो । त्यहाँ बद्री पंगेनी, पशुपति शर्मा, शंकर विसी लगायत उपस्थित थिए । सानैदेखि नाच्न रुचाउने अन्जली अधिकारी पनि उक्त महोत्सवसम्म पुगिन् । बद्री पंगेनीको गीत गाउने पालो आयो । हातमा माइक समातेर बद्रीले बोले, ‘मैले जबसम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिन्छु ।’ बद्रीले गीत गाउन सुरु गरे । अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन् र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए । एसएलसीपछि भागेर काठमाडौं: स्कुल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प