राजनीति

कोठा खोज्न जाँदा अपमान भएपछि पूर्वमन्त्री लालबाबु पण्डितकी श्रीमती विमलाको रोदन (भिडियो)

कोठा खोज्न जाँदा अपमान भएपछि पूर्वमन्त्री लालबाबु पण्डितकी श्रीमती विमलाको रोदन (भिडियो)

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गरेको मन्त्रिपरिषद् पुनर्गठनमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बहिर्गमनमा परे । काठमाडौंमा उनको घर छैन । भाडामा बस्दै आएका उनी मन्त्री भएपछि छाडेका थिए । तर, बुधबार मध्यरातमा मन्त्रीबाट हटाइएको खबर पाएपछि पण्डित परिवारले कोठा खोज्न थाले । तर, शुक्रबार यो समाचार तयार पर्दासम्म कोठा नपाएको पूर्वमन्त्री पण्डितकी श्रीमती विमला महत पण्डितले क्यानाडानेपाललाई जानकारी दिइन् । कोठा खोज्न जाँदा एक महिलाबाट आफू अपमानित भएको गुनासो गरेकी उनले कसले अपमान गरेको हो यसबारे भने खुलाइनन् । कोठा खोज्न जाँदा आफूले भागेको अपमानको पीडाबारे उनले भनिन्, ‘सरले केही भन्नु भएन, तर म्यामले चैँ नराम्रो व्यवहार गर्नुभयो, अब त्यहाँ सित्तैँ दिए पनि चाहिँदैन।’ कार्यकर्तादेखि कलाकारसम्मले कोठा खोज्न सहयोग गरेको भएपनि फेला नपरेको उनले बताइन् । संसद भवननजिक कम्तिमा चार
यसकारण छापियो भारतीय मिडियाको हेडलाइनमा प्रधानमन्त्री ओली

यसकारण छापियो भारतीय मिडियाको हेडलाइनमा प्रधानमन्त्री ओली

राजनीति
काठमाडौँ । नेपाली भूमिबाट भारतीय सेना हटाउन निर्देशन दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली भारतीय मिडियाको हेडलाइन बन्नुभएको छ।आइतबार प्रधानमन्त्री ओलीले नेपाली भूमिबाट सेना हटाउन निर्देशन दिएपछि भारतीय मिडियाले उक्त समाचारलाई विभिन्न हेडलाइनमा प्रकाशन गरेका छन्। भारतीय मिडिया आजतकले ‘कालापानीका विषयमा नेपालका प्रधानमन्त्रीले भारतलाई देखाए शक्ति, एक इन्च जमिनपछि दिदैनौँ’ भन्ने हेडलाइनमा समाचार प्रकाशन गरेको छ। आजतकले लेखेको छ, ‘प्रधानमन्त्री ओलीले भने- आफ्नो देशको सीमा सुरक्षा गर्नका लागि हाम्रो देश पूर्ण रुपमा सक्षम छ। देशको सुरक्षा बल आफ्नो जमिनमा आफ्नो अधिकार फिर्ता लिनका लागि एक जुट छन्।’ राष्ट्रभक्त सरकारले कसैलाई पनि एक इन्च जमिनमाथि पनि कब्जा गर्न नदिने बताएको पनि सामाचारमा उल्लेख गरिएको छ।त्यस्तै हिन्दी बीबीसीले लेखेको छ, ‘कालापानी विवादमा नेपालका प्रधानमन्त्री ओलीले भने, भारतले ए
खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

खुशियाली मनाउनुस्, डेटिङ जान र सुनसान हुन बिदा दिइएको होइन : मन्त्री बास्कोटा

पत्रपत्रिकाबाट, राजनीति, समाचार
असोज, काठमाडौं । नेपालको राष्ट्रिय दिवस अर्थात ‘नेशनल डे’ अब असोज ३ गते कायम भएको सरकारका प्रवक्ताले बताएका छन् । संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । के नेपालको राष्ट्रिय दिवस अब असोज ३ गते नै कायम भएको हो ? सरकारले किन उर्दी जारी गरेर संविधान दिवस मनाउन आग्रह गरेको ? हामीले यी प्रश्न सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई सोध्यौं । सरकारले संविधान दिवस मनाउन पञ्चायती शैलीमा उर्दी जारी गरेको आरोप लागेको छ, दबाव दिएर ‘राष्ट्रिय दिवस’ मनाउन लगाउने पनि हुन्छ र ? नियतमै खोट भएकाहरुको प्रत्येक आरोपको जवाफ हुँदैन । सरकारले उर्दी जारी गर्‍याे भनेर बोल्ने र लेख्नेहरु त्यसो भए यो संविधान मान्दैनन् त ? म संविधानको विपक्षम
दुई तिहाइको सरकार किन यति कमजोर ?

दुई तिहाइको सरकार किन यति कमजोर ?

राजनीति, समाचार
योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै रह्यो।’ यस्तै समीक्षा नागरिक समाजका अगुवा सुबोधराज प्याकुरेलको पनि छ– ‘संविधानले नागरिक सर्वोच्चता दिए पनि व्यवहारमा प्रशासनिक सर्वोच्चता छ, सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना जनप्रतिधिमार्फत त्यस्तो अधिकार प्रयोग गर्ने व्यवस्था रहे पनि व्यवहारमा प्रशासन अवरोधकारी शक्तिका रूपमा उभिएको छ।’ ‘नेपालले स्वीकार गरेको संसदीय व्यवस्थामा प्रधानमन्त्री कार्यपालिकाका प्रमुख हुन्, सरकारको नेतृत्व उनकै हातमा हुन्छ, जनताको सर्वोच्चता भन्नु न
जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह

जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह

पत्रपत्रिकाबाट, राजनीति, समाचार
जनप्रतिनिधिलाई बाँधेर स्थानीय सरकार बलियो र समृद्ध हुन सक्दैन । अब केन्द्रले नियम लाद्ने दिन गए ।– घनश्याम पाण्डे, प्रमुख, तुलसीपुर उपमहानगरपालिका । जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन । मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ । जनप्
प्रधानमन्त्रीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरे

प्रधानमन्त्रीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरे

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने शहरी विकास मन्त्रालयको भनाइ छ ।
कारवाही गर्न माग गर्दै सांसदमा उठ्यो ज्ञानेन्द्र शाहीको कुरा

कारवाही गर्न माग गर्दै सांसदमा उठ्यो ज्ञानेन्द्र शाहीको कुरा

राजनीति, समाचार
राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकको शून्य समयमा उहाँले भन्नुभयो,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।” सांसद खिमकुमार विश्वकर्माले सर्वाेच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गर्नुभयो । सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अ
प्रधानमन्त्री ओलीले भारतका प्रम मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए

प्रधानमन्त्री ओलीले भारतका प्रम मोदीलाई तीन भाषामा जन्मदिनको शुभकामना दिए

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई तीन वटा भाषामा जन्मदिनको शुभकामना दिएका छन् । आज मोदीको ६९ औं जन्मदिन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत अङ्ग्रेजी, हिन्दी र गुजराती भाषामा शुभकामना दिएका हुन् । शुभकामना सन्देशमा प्रम ओलीले मोदीको स्वास्थ्य जीवन र दीर्घायुको कामना गरेका छन् । साथै, उनले दुई जना मिलेर नेपाल–भारतको द्विपक्षीय सम्बन्धलाई अझै मजबुद गर्दै लैजाने आशा पनि व्यक्त गरेका छन् । मोदीको जन्मदिनमा बिहानदेखि विश्व नेताहरूले शुभकामना व्यक्त गर्दै आएका छन् । Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being. We will continue to work together for further consolidating multifaceted Nepal-India relations.— K P Sharma Oli (@kpsharmaoli) September 17, 2